२ चैत्र २०७८, बुधबार   296 पटक हेरिएको


image

पालिका एक्सप्रेस,भारतले नेपाललाई पेट्रोलियम पदार्थमा बढेको नयाँ मूल्य सूची पठाएको छ । नेपाल आयल निगमलाई इन्डियन आयल कर्पोरेसनले पठाएको मूल्य सूची अनुसार पेट्रोल प्रतिलिटर १६.३७ रुपैयाँ, डिजेल २४.४९ रुपैयाँ र हवाई इन्धन १८.८९ रुपैयाँ ८९ बढेर आएको जनाएको छ । 

निगमले आगामी १५ दिन करिब रु.५ अर्ब ३० करोड घाटा हुने स्थिति देखिएको जनाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य अहिले सम्मकै उच्च अवस्थामा पुगेको निगमले जनाएको छ । 

भारतले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोल ,डिजेलमा प्रतिलिटर क्रमशः ३२.८१ रुपैयाँ र ३६.४४ रुपैयाँ घाटा रहेको निगमले दाबी गरेको छ ।

निगमले अहिले पेट्रोल प्रतिलिटर एक सय ५० रुपैयाँमा बिक्री गर्दै आएकोमा अब लागत मूल्य एक सय ८२ रुपैयाँ ८१ पैसा पुगेको जनाएको  छ । यस्तै ,एलपी ग्यासमा प्रतिसिलिन्डर ६,६५.३४ रुपैयाँ घाटा हुने निगमले जनाएको छ ।





सम्बन्धित समाचार