१ चैत्र २०७८, मंगलवार   198 पटक हेरिएको


image

पालिका एक्सप्रेस, नेपाल टेलिकमले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको २०७८ फागुन ३० गते बसेको संचालक समितिको ९४२ औ बैठकले गरेको निर्णयानुसार कम्पनीको १४ औ बार्षिक साधारण सभा चैत्र २४ गते हुने गरी आहवान गरेको छ ।

सो साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा विहान ११ बजे सुरु हुने जनाएको छ ।आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट चुक्ता पूँजीको बोनस सेयर २० प्रतिशत र नगद लाभांश २० प्रतिशत गरी कुल ४० प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको छ ।

सभा प्रयोजनको लागि चैत्र ११ देखि चैत्र २३ गते सम्म बुक क्लोज मितितय गरेको छ। चैत्र १० गते सम्म कामय सेयरधनीहरुले मात्र साधारण सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न सक्नेछन् ।





सम्बन्धित समाचार