१९ कार्तिक २०७७, बुधबार   56 पटक हेरिएको


image

स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका थप एक हजार ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ६ सय ४९ जना महिला छन् भने बाँकी ८ सय १९ जना पुरूष हुन् । काठमाडौंमा ६५ हजार ७ सय ८८ जना कोरोना संक्रमित छन्। त्यसमध्ये ४९ हजार ६ सय ७६ जना निको भइसकेका छन् भने २४९ जनाको मृत्यु भएको छ। यस्तै, १५ हजार ८ सय ६३ जना संक्रिय संक्रमित छन्।

यसैगरी, भक्तपुरमा ५ हजार ९ सय ६६ जना कोरोना संक्रमित छन्। त्यसमध्ये ४८७९ जना निको भइसकेका छन् भने ६८ जनाको मृत्यु भएको छ। संक्रिय संक्रमित १०१९ जना छन्। त्यस्तै, ललितपुरमा ९३१४ जना कोरोना संक्रमित छन्। त्यसमध्ये ६९८७ जना निको भइसकेका छन् भने ६३ जनाको मृत्यु भएको छ। संक्रिय संक्रमित २२६४ छन्।

त्यस्तै काठमाडौँ महानगरपालिकाका मेयर बिध्या सुन्दर शाक्यले कोरोना संक्रमित बढ्ने भन्दै असहाय, निमुखा पिडितलाई खाना खुवाउने निशुल्क ब्यबस्था नगर्नु /नगराउनु भन्ने आदेश समेत दिएका छन्।

यता सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकलले कोरोना भाइरस (कोभिड–१९)का बिरामीलाई उपचारका लागि धरौटी रकम नलिने भएको छ ।
अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले धरौटी रकम सम्बन्धी पूर्व सूचनालाई स्पष्ट पार्दै कोभिड–१९ का बिरामीलाई उपचार गर्दा बुझाउनुपर्ने धरौटी रकम नलिन शै्यया र काउण्डरमा पत्राचार गरिएको बताउनुभयो ।

लेख रचनाको लागि [email protected] मा मेल गर्न सक्नु हुनेछ।





सम्बन्धित समाचार