
पालिका एक्सप्रेस,ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले चैत्र ८ गते देखि सर्वसाधारणहरुका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ लाख २५ हजार कित्ताको ३१ करोड २५ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको छ ।
जस मध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।
यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटोमा चैत्र ११ गते र ढीलामा चैत्र २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ।