PalikaExpress
३० फाल्गुन २०७८, सोमबार
177 पटक हेरिएको

पालिका एक्सप्रेस,मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।कम्पनीले शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

यस कम्पनीले सर्व-साधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ४ लाख कित्ताको ४ करोड रूपैयाँ बराबरको आईपीओ निष्कासन गर्न फागुन २० गते सेबोनमा निवेदन पेश गरेको हो।
यस कृषि कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।