३० फाल्गुन २०७८, सोमबार   391 पटक हेरिएको


image

पालिका एक्सप्रेस,शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत १ गते भोलि देखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ। यस कम्पनीको सो हकप्रद शेयरमा चैत्र १ देखि २१ गते सम्म आबेदन दिन सकिने जनाएको छ ।

इन्स्योरेन्स कम्पनीले  १:०३ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।इन्स्योरेन्स कम्पनीले रुपैयाँ १०० अंकित दरका ५२ लाख ७५ हजार ५७२ कित्ता शेयरको ५२ करोड ७५ लाख ५७२ रुपैयाँ बराबरको हकप्रद जारी गर्ने छ।

कम्पनीले हकप्रद शेयर निष्काशनका लागि माघ २१ गते बुक क्लोज गरेको थियो। यस अनुसार माघ २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र उक्त जारी गरिने  हकप्रदमा आवेदन दिन सक्ने छन्।इन्स्योरेन्सको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

हकप्रदमा एनआईबिएल एस क्यापिटल तथा शिखर इन्स्योरेन्सका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।यसका साथै धितोपत्र बोर्डबाट सी-आश्वा सद्स्य अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयरएप र पोर्टलबाट  आवेदन दिन पाउनेछन्।





सम्बन्धित समाचार