२९ फाल्गुन २०७८, आईतवार   185 पटक हेरिएको


image

पालिका एक्सप्रेस,समृद्धि फाइनान्स कम्पनी लिमिटेडले फागुन ८ गते देखि २:१ प्रतिशतको अनुपातमा निष्कासित हकप्रद शेयर आज फागुन २९ गते बाट विक्री बन्द हुने भएको छ ।

कम्पनीले २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि कम्पनीले पुस ११ गते बुक क्लोज गरेको थियो ।

यस आधारमा पुस ८ गतेसम्म कायम नेप्सेमा कारोबार भई कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।यस फाइनान्स कम्पनीको हकप्रद शेयर जारि गर्न शेयर निष्कासन तथा विक्री प्रबन्धकमा बि.ओ.के क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले समृद्धि फाइनान्स कार्यालय तथा साथै धितोपत्र बोर्डबाट सी-आश्वा सदस्य अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयर एप र पोर्टल आवेदन दिन सक्नेछन ।





सम्बन्धित समाचार