PalikaExpress
२८ फाल्गुन २०७८, शनिबार
284 पटक हेरिएको

पालिका एक्सप्रेस,जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयरको आइतबारबाट नेप्सेमा कारोबारमा आउने भएको छ।

नेप्सेमा जाल्पा सामुदायिक लघुवित्तको कुल १६ लाख कित्ता सेयर सूचीकृत भएको छ। नेप्सेले जाल्पा सामुदायिक लघुवित्तलाई ‘JALPA’ कारोबार संकेत प्रदान गरेको छ।

लघुवित्त कम्पनीको पहिलो कारोबारका लागि भने नेप्सेले न्यूनतम १६४.६० रुपैयाँ देखि ४९३.८० रुपैयाँ ओपनिङ रेन्ज हुने सम्भाबना रहेको छ।