१९ कार्तिक २०७७, बुधबार   44 पटक हेरिएको


image

मेष 

 मन प्रसन्न रहने खालको दिन रहेको देखिन्छ । सामाजिक काममा एकदम मन जाने खालको समय रहेको देखिन्छ । मन लगाएर काम गर्नु भयो भने सम्पन्न हुने खालको दिन रहेको देखिन्छ ।

वृष 

ब्यापार तथा नोकरीबाट धन आर्जन हुने देखिन्छ, मनमा रहेको शंकाहरु पनि समाधान हुदै जानेछन, रोगबाट मुक्ति पाइएला, अधुरा काम बन्नाले मन हर्षित होला, परिवारजनको सहयोग पाइएला ।

 मिथुन 

स्वास्थ्यमा सुधार आउनेछ। ब्यापार ब्यबसायबाट प्रसस्त लाभ मिल्नेछ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइ लेखाइमा प्रगति हुनेछ ।

 कर्कट 

काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ । धार्मिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन सक्छ ।

 सिंह 

 तपाईंको विश्वस्त आशाले तपाईंको इच्छा र चाहनाको बोधका लागि ढोका खोल्नेछ। तपाईंको जोडीसँग आफ्नो गोप्य जानकारी साझेदारी गर्नु अघि सोच्नुहोस्। तपाईंको विश्वास बढ्दैछ र उन्नति स्पष्ट छ। एउटा सानो कुरा भए तापनि, तपाईंका जोडीले ढाँट्नाले आज तपाईंलाई दुख हुन सक्छ।

 कन्या 

 विवादास्पद काम गर्नुपर्ने देखिन्छ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व गर्नु  हुनेछ। परोपकारी कामले दाम, इनाम र प्रतिष्ठा दिलाउनेछ। दिउँसोदेखि व्यवसायतर्फ केही अलमल हुनेछ। आफ्नैले काममा बाधा पुर्याउनेछन्। विशेष याेजना सार्वजनिक नगर्नु। तत्काल फाइदा नहुने जिम्मेवारी वहन गर्नुपर्ने देखिन्छ।

 तुला 

 साधना र संचारको क्षेत्रको काम सम्पन्न हुने खालको समय रहेको देखिन्छ । तपाईको घर आगनमा अतिथि आगमन को समय रहेको देखिन्छ ।

 वृश्चिक 

आजको दिन अनेक प्रकारको चुनौतिको सामना गर्नु पर्ला, चोटपटक को भय हुनसक्छ, दुष्ट व्यक्तिको संगतले काम बिग्रन सक्छ, यात्रा गर्दा मालसामान हराउन सक्ला, बोलीको बिपरित अर्थ लाग्न सक्छ, बोल्दा साबधानी अपनाउनुहोला।

 धनु 

नयाँ काम गर्ने अवसर मिल्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्नेछ । जागिरमा पदोन्नति हुनेछ । राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ ।

 मकर 

आज नाता–कुटुम्बको आगमन हुने र परिवारमा नयाँ सदस्य थपिन सक्ने सम्भावना छ । कसै सैलाई परदेशी घर फर्कने र रमाइलो वातावरण छाउनेछ ।

 कुम्भ 

तपाईंले बचत गर्ने बानिले  तपाईंलाई राम्र फाइदा हुनेछ। आफुलाई मद्दत माग्नको लागि विश्वास गर्न सक्ने मान्छेसँग कुरा गर्नुहोस्। नयाँ विचारहरू फलदायी हुनेछन्।

 मीन 

आफन्तहरू टाढिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूका लागि श्रम तथा बुद्धि खर्चनु पर्ला। भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ। समस्याको समाधान आफैले गर्न सकिने छ ।

तपाईको आजको दिन शुभ रहोस !!!





सम्बन्धित समाचार