PalikaExpress
२७ फाल्गुन २०७८, शुक्रबार
545 पटक हेरिएको

सरकारले आगामी वर्ष २०७९ को सबै सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै २०७९ सालमा वर्षभरिमा वैशाख १ गतेदेखि चैत मसान्तसम्म सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि देहाय बमोजिमको सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समयबारेको विवरण सार्वजनिक गरेको हो ।
२०७९ मा ५२ दिन शनिबार र ४३ दिन अन्य बिदा गरी ९५ दिन सार्वजनिक बिदा हुनेछ । दशैं बिदा असोज १६ गते फूलपातीदेखि २१ गते द्वादशीसम्म ६ दिन हुने भएको छ भने तिहार बिदा कात्तिक ७ गतेदेखि ११ गतेसम्म ५ दिन हुने भएको छ ।