PalikaExpress
२७ फाल्गुन २०७८, शुक्रबार
400 पटक हेरिएको

पालिका एक्सप्रेस,अपी पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ।नियामक निकाय नेपाल धितोपत्र बोर्डले फागुन २६ गते अपी पावरलाई हकप्रद निष्कासनको लागि अनुमति प्रदान गरेको छ।

यस पावर कम्पनीले गत असोज २५ गते हकप्रद निष्कासनको लागि धितोपत्र बोर्डमा आवेदन पेश गरेको थियो। बोर्डको अनुमति सँगै पावर कम्पनीले रुपैयाँ १०० अंकित दरमा १ करोड ८ लाख ६० हजार कित्ता सेयरको १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको छ।
यस पावर कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। यस कम्पनीले १०:३.९३६२९२६ को अनुपातमा शेयर जारि गर्ने भएको छ।