२४ फाल्गुन २०७८, मंगलवार   306 पटक हेरिएको


image

पालिका एक्सप्रेस,एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले १६ औँ वार्षिक साधारण सभाको आहवान गरेको छ।कम्पनीको सञ्चालक समितिको फागुन २३ गते  बसेको ३४९ औ  बैठकले वार्षिक साधारण सभा २०७८ चैत १७ गते काठमाण्डौको बालुवाटार ,आम्रपाली ब्यांक्वेटमा बिहान १०:३० बजेबाट सुरु हुने जनाएको छ।

सभाले आर्थिक वर्ष २०७७/०७८ का लागि प्रस्तावित बोनस सेयर १० प्रतिशत र नगद लाभांश ०.५२६३ प्रतिशत (कर प्रयोजनका लागि )गरी  कुल १०.५२६३ प्रतिशत लाभांश पारित  गर्नेछ।

प्रस्तावित लाभांश वितरण पछि कम्पनीको जारी तथा चुक्तापुँजी वृद्धि भएर १ अर्ब ३२ करोड ६६ लाख १४ हजार ३५५ रुपैयाँ पुग्ने भएकोले सोही बमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन ,नगद प्रबाह विवरण ,वासलात लगायत प्रस्ताब उपर  छलफल गरी पारित गर्नेछ। आर्थिक वर्ष २०७८/०७९ को लागि लेखा परीक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारण पनि सोहि सभाले गर्ने भएको छ । 

प्रस्तावित लाभांश र सभा प्रयोजनका लागि कम्पनीले आउँदो चैत ६ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यस कारण चैत २ गते सम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु मात्रै लाभांश प्राप्त गर्न  र सभामा भाग लिन सक्नेछन । 





सम्बन्धित समाचार