२३ फाल्गुन २०७८, सोमबार   242 पटक हेरिएको


image

पालिका एक्सप्रेस,समता घरेलु लघुवित्त वित्तीय संस्थाले एफपीओ शेयर निष्काशन गर्ने भएको छ । लघुवित्त कम्पनीले एफपीओ जारि  गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त गरेको हो ।

साविक समता लघुवित्त वित्तिय संस्था लिमिटेड र साविक घरेलु लघुवित्त वित्तिय संस्थाबीच सेयर आदान प्रदान दर १००:८० कायम हुने गरी गाभिए पश्चात् संस्थाको कुल चुक्ता पूँजी २८ करोड ५६ लाख २० हजार रुपैयाँको २० प्रतिशत वोनस पश्चात कम्पनी  चुक्ता पूँजी ३४ करोड २७ लाख ४४ हजार रुपैयाँ हुनेछ ।

यस लघुवित्त कम्पनीको शेयर संरचना संस्थापक ७० प्रतिशत र सर्वसाधारण्को ३० प्रतिशत कायम हुने गरि एफपीओ निष्काशन गर्ने भएको हो ।

सम्झौता-पत्रमा समता घरेलु लघुवित्त वित्तियको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र आरविवि मर्चेन्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् ।





सम्बन्धित समाचार