२३ फाल्गुन २०७८, सोमबार   231 पटक हेरिएको


image

पालिका एक्सप्रेस,लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर लिलामी बिक्रि गरिने भएको छ।कुमारी बैंकको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको १,२२,२८७ कित्ता संस्थापक सेयर लिलामीमा राख्न लागिएको हो। 

इन्स्योरेन्स कम्पनीको लिलामीमा राखिने सेयरको न्यूनतम मूल्य २५० रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सो भन्दा बढी बोलकबोल मूल्यमा गर्नुपर्नेछ।

बोलपत्र पेश गर्ने मिति फागुन ३० गते बाट चैत १४ गते सम्म तोकिएको छ। कम्पनीको शेयर बोलपत्र धितोपत्र बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

इच्छुक लगानीकर्ताले काठमाण्डौ नक्सालस्थित नागपोखरीमा रहेको कार्यालयमा पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्दा लगानीकर्ताले न्यूनतम १० हजार कित्ताको लागि बोलपत्र पेस गर्न सकिनेछ।

यो लिलामी सेयरमा विद्यमान संस्थापक वा जो कोही योग्य व्यक्ति तथा संगठित संस्थाले बोलपत्र पेस गर्न सक्नेछन्।





सम्बन्धित समाचार