२२ फाल्गुन २०७८, आईतवार   497 पटक हेरिएको


image

पालिका एक्सप्रेस, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गते देखि  १५ गते  सम्म सर्व-साधारणका लागि आईपीओ निष्कासन गरेको थियो  ।

कम्पनीले प्रति कित्ता रुपैयाँ १००  अंकित दरमा ८ लाख २८ हजार ७ सय ५० कित्ताको ८ करोड २८ लाख ७५ हजार रुपैया बराबरको  साधारण शेयर (आइपिओ) निष्काशन गरेको  थियो ।

जसमध्ये ०.५ प्रतिशत अर्थात् १२ हजार ७ सय ५० कित्ता कर्मचारी, ५ प्रतिशत अर्थात् ४१ हजार ४ सय ३७ कित्ता सामुहिक लगानीकोषलाई सुरक्षित राखि बाँकी रहेको ७ लाख ७४ हजार ५ सय ६३ कित्ता शेयर सर्व-साधारणलाई निष्काशन गरेको थियो ।

संस्थाको आईपीओमा अन्तिम दिनसम्म २६ लाख १० हजार १ सय २७ जनाले ३ करोड २ लाख २४ हजार २ सय ५० कित्ताका लागि आवेदन दिएका छन् । 

मागभन्दा धेरै आवेदन परेको हुनाले संस्थाको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । गोलाप्रथाबाट  शेयर बाँडफाँड गर्दा भाग्यमानी ७७ हजार ४ सय ५३ जनाले मात्र शेयर हात पार्नेछन् भने बाँकी आवेदकको हात खाली हुनेछ ।

क्यापिटलका अनुसार आइतबार प्री-अलोटमेन्ट सम्पन्न गरी मंगलबार आईपीओ बाँडफाँड गर्ने तयारी रहेको जानकारी प्राप्त भएको छ  ।





सम्बन्धित समाचार