२२ फाल्गुन २०७८, आईतवार   180 पटक हेरिएको


image

पालिका एक्सप्रेस, आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद  शेयर फागुन २२ गते आजबाट निष्काशन गर्दै छ । 

आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत अर्थात १:०.४ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको  हो । 

इन्स्योरेन्स कम्पनीले रुपैयाँ १०० अंकित दरका   कुल ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर जारी गर्ने छ।  कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि फागुन १ गते  १ दिन बुकक्लोज गरेको थियो ।

त्यसकारण माघ २७ गते सम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । 

कम्पनीले हकप्रद सेयर निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड, आइएमई जनरल इन्स्योरेन्सका कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

साथै मेरो शेयर एप र पोर्टलबाट पनि आबेदन दिन सक्नेछन । लगानीकर्ताले हकप्रद  शेयर फागुन २२ गते देखि चैत्र १३ गते सम्म आबेदन दिन सक्ने छन ।





सम्बन्धित समाचार