२० फाल्गुन २०७८, शुक्रबार   495 पटक हेरिएको


image

पालिका एक्सप्रेस,ग्रीन भेन्चर्स लिमिटेडले फागुन २ गते देखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज फागुन २० गते अन्तिम दिन रहेको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा फागुन १६ गते सम्म रहेकोमा माग भन्दा कम आबेदन प्राप्त भएकोले समय थप गरेको थियो ।

कम्पनीले प्रतिकित्ता शेयर १०० अंकित दरका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका १,२ र ३ लिखु गाउँपालिका ९ रामेछापको लिखु तामाकोशी गाउँपालिका १ र २  उमाकुण्ड गाउँपालिका ७ का बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो।

आईपीओमा लक्ष्मी बैंकको मंथली शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको धोबिबजार आयोजना स्थल र मेगा बैंकको खिजिदेम्बा तथा मंथली शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।





सम्बन्धित समाचार