PalikaExpress
२० फाल्गुन २०७८, शुक्रबार
359 पटक हेरिएको

पालिका एक्सप्रेस, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरि मूल्यबृद्धि गरेको छ । आयल निगमले बिहिबार राति १२ बजे देखि लागू हुने गरी पेट्रोलियम पदार्थ पेट्रोल , डिजेल तथा मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रति लिटर ५ रुपैयाँले वृद्धि गरेको हो ।

पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ तय गरिएको छ भने डिजल र मटितेलको मूल्य १३३ रुपैयाँ प्रतिलिटर भएको छ ।v