PalikaExpress
१९ फाल्गुन २०७८, बिहीबार
360 पटक हेरिएको

पालिका एक्सप्रेस,सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको संचालक समितिको फागुन १३ गते बसेको ६६ औ बैठकले गरेको निर्णयानुसार चैत्र ११ गते चौथो बार्षिक साधारण सभा अलोफ्ट ठमेल काठमाण्डौंमा दिउँसो ३ बजेबाट सुरु हुने जनाएको छ ।

सभाले गत आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन ,वासलात, नाफा नोक्सान हिसाब ,आय व्यय हिसाब नगद प्रबाह विवरण आदि प्रस्ताब माथि छलफल गरी पारित गर्ने छ ।
सभामा संस्थाले चालू आर्थिक वर्ष २०७७/०७८ को लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयमा छलफल गर्ने लगायतको एजेण्डा छ ।
कम्पनीले सर्व-साधारणका लागि साधारण सेयर (आईपीओ )जारी गर्ने सम्बन्धमा पनि सोहि सभाबाट प्रस्ताब पारित गर्नेछ ।