१८ फाल्गुन २०७८, बुधबार   222 पटक हेरिएको


image

पालिका एक्सप्रेस,नेप्सेमा तीन ओटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको २८ लाख ७३ हजार ७६ कित्ता, सेञ्चुरी कमर्सियल बैंकको ५१ लाख ९४ हजार ७९६ दशमलव ९६ कित्ता र प्रिमियर इन्स्योरेन्स कम्पनीको १५ लाख ३१ हजार २४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले पुस १९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२.७० प्रतिशत बोनस शेयर सूचीकृत गराएको छ । कम्पनीको २८ लाख ७३ हजार ७६ कित्ता सूचीकृत भएको छ ।

सेञ्चुरी कर्मशियल बैंकले पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट ५.७५ प्रतिशत बोनस शेयर सूचीकृत भएको छ भने त्यसैगरी, प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको १४.२५ प्रतिशत बोनस बापतको १५ लाख ३१ हजार २ सय ४८ कित्ता सेयर सूचिकृत भएको हो ।

कम्पनीको माघ २१ गते शुक्रबार सम्पन्न भएको वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 





सम्बन्धित समाचार