१७ फाल्गुन २०७८, मंगलवार   338 पटक हेरिएको


image

पालिका एक्सप्रेस, नेको इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न २६ औ बार्षिक साधारण सभा आह्वान गरेको  छ।

कम्पनीको संचालक समितिको फागुन १६ गते बसेको ४१९ औ बैठकले चैत ९ गते काठमाडौँमा सभा बिहान ११ बजे देखि शुरु हुने जनाएको छ ।

इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट बोनस शेयर १५ प्रतिशत र नगद लाभांश ०.७९ प्रतिशत (कर प्रयोजनका लागि)गरी कुल १५.७९ प्रतिशत  वितरण गर्ने घोषणा गरेको थियो।सभाले लाभांश प्रस्तावका साथै प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनका लागि इन्स्योरेन्स कम्पनीले चैत १ गते १ दिनका लागि बुक क्लोज गर्ने भएको छ। सोहि अनुसार बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।





सम्बन्धित समाचार