१६ फाल्गुन २०७८, सोमबार   332 पटक हेरिएको


image

पालिका एक्सप्रेस, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभाको आह्वान गरेको छ ।कम्पनीको संचालक समितिको यहि फागुन १ गते बसेको बैठकले साधारण सभाको आहवान गारेको छ ।

यस हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई बोनस सेयर १८.५२५ प्रतिशत र नगद लाभांश ०.९७५ प्रतिशत (कर प्रयोजनका लागि) गरी कूल १९.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

यसका साथै, कम्पनीले बोनस सेयर वितरण पश्चात् कायम हुने चुक्ता पूँजीको १०:५ को अनुपातमा अर्थात् ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ । 

कम्पनीको २५ औ वार्षिक साधारण सभा फागुन ३० गते भर्चुयल माध्यमबाट काठमाण्डौंमा बिहान ११ बजेदेखि सुरू हुने जनाएको छ । 

सभामा २०७७/०७८ को बार्षिक प्रतिबेदन ,वासलात ,नाफा नोक्सान हिसाब र सोहि  अवधिको नगद प्रबाह विवरण,तथा लेखा परिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने आदि प्रस्ताब उपर छलफल गरी पारित गर्ने छ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लभांश वितरण प्रयोजनका लागि फागुन १३ गते १ दिन बुक क्लोज गर्ने भएको छ । सोहि अनुसार फागुन १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने शेयरधनीहरूले मात्रै प्रस्तावित लाभांश लिन र बार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।





सम्बन्धित समाचार