१५ फाल्गुन २०७८, आईतवार   241 पटक हेरिएको


image

पालिका एक्सप्रेस,नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज फागुन १५ गते अन्तिम दिन रहेको छ।

कम्पनीले प्रति कित्ता रुपैयाँ १००  अंकित दरमा ८ लाख २८ हजार ७ सय ५० कित्ताको ८ करोड २८ लाख ७५ हजार रुपैया बराबरको  साधारण शेयर (आइपिओ) निष्काशन गरेको  छ ।

जसमध्ये ०.५ प्रतिशत अर्थात् १२ हजार ७ सय ५० कित्ता कर्मचारी, ५ प्रतिशत अर्थात् ४१ हजार ४ सय ३७ कित्ता सामुहिक लगानीकोषलाई सुरक्षित राखि बाँकी रहेको ७ लाख ७४ हजार ५ सय ६३ कित्ता शेयर सर्व-साधारणलाई निष्काशन गरेको हो ।

इच्छुक शेयर लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १ हजार  कित्ता सम्मको लागि आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु साथै मेरो शेयर एप तथा पोर्टलबाट पनि आवेदन दिन सकिनेछ ।





सम्बन्धित समाचार