१२ फाल्गुन २०७८, बिहीबार   257 पटक हेरिएको


image

पालिका एक्सप्रेस, नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले  शेयर लगानीकर्तालाई आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीको फागुन १० गते मंगलबार बसेको सञ्चालक समितिको ३३ औ बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस सेयर १९ प्रतिशत र नगद लाभांश १ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी बार्षिक साधारण सभाबाट पारित भए पछि वितरण गरिनेछ  ।





सम्बन्धित समाचार