
पालिका एक्सप्रेस, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ४ गते बाट फागुन ८ गते सम्म सर्व-साधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड भोली फागुन १२ गते दिउँसो ३ बजे हुने भएको छ ।
लघुबित्त संस्थाको आईपीओमा अन्तिम दिन सम्म २६ लाख ३४ हजार ६ सय २६ जना आवेदकले ३ करोड ५ लाख ३१ हजार ३ सय ७० कित्ताका लागि आवेदन दिएका थिए।
यो सर्व-साधारणको लागि माग गरिएको भन्दा ३८.४२ गुणा धेरै आवेदन हो । यस लघुबित्त कम्पनीको सो शेयरमा गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ७९ हजार ४ सय ५० जनाले मात्र हात पार्नेछन् ।
बाँकी २५ लाख ५५ हजार १ सय ७६ जनाको भने हात खाली हुनेछ ।संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ लाख ५० हजार कित्ताको ८ करोड ५० लाख रूपैयाँ बराबरको आईपीओ निष्कासन गरेको थियो ।
जस मध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ७ लाख ९४ हजार ५ सय कित्ता साधारण सेयर सर्व-साधारणका लागि छुट्याइएको थियो ।
यस लघुवित कम्पनीको साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।