११ फाल्गुन २०७८, बुधबार   313 पटक हेरिएको


image

पालिका एक्सप्रेस, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले  आज फागुन ११ गते बुधबारदेखि (साधारण शेयर )आइपीओ निष्काशन तथा बिक्रि खुल्ला गर्ने भएको छ ।

कम्पनीले प्रति कित्ता रुपैयाँ १००  अंकित दरमा ८ लाख २८ हजार ७ सय ५० कित्ताको ८ करोड २८ लाख ७५ हजार रुपैया बराबरको  साधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ ।

जसमध्ये ०.५ प्रतिशत अर्थात् १२ हजार ७ सय ५० कित्ता कर्मचारी, ५ प्रतिशत अर्थात् ४१ हजार ४ सय ३७ कित्ता सामुहिक लगानीकोषलाई सुरक्षित राखि बाँकी रहेको ७ लाख ७४ हजार ५ सय ६३ कित्ता शेयर सर्व-साधारणलाई निष्काशन गरिने भएको छ ।

इच्छुक शेयर लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १ हजार  कित्ता सम्मको लागि आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु साथै मेरो शेयर एप तथा पोर्टलबाट पनि आवेदन दिन सकिनेछ ।

यस लघुवित्त कम्पनीको शेयर  निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशन बन्द फागुन १५ गते बैंकिङ समय पश्चात हुने जनाएको छ ।





सम्बन्धित समाचार