९ फाल्गुन २०७८, सोमबार   258 पटक हेरिएको


image

पालिका एक्सप्रेस, राष्ट्र उत्थान लघुवित्त संस्था लिमिटेडले फागुन ४ गते देखि ८ गते सम्म सार्वजनिक निष्कासनमा आएको आईपीओमा अन्तिम दिन सम्ममा ३८ गुणा भन्दा बढी आबेदन परेको  छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार साँझ सम्ममा २६ लाख २६ हजार ९० जना आवेदकबाट ३ अर्ब ४ करोड ३१ लाख ३७ हजार रुपैयाँ बराबरको ३ करोड ४ लाख ३१ हजार ३७० कित्ता शेयरको लागि आवेदन परेको हो ।

उक्त आवेदन ३८.३० गुणाले बढी रहेको छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ लाख ५० हजार कित्ताको ८ करोड ५० लाख रूपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो ।

जस मध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि र  ७ लाख ९४ हजार ५ सय कित्ता साधारण सेयर सर्व-साधारणका लागि छुट्याइएको थियो ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।





सम्बन्धित समाचार