PalikaExpress
८ फाल्गुन २०७८, आईतवार
196 पटक हेरिएको

पालिका एक्सप्रेस,नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरि मूल्यबृद्धि गरेको छ ।आयल निगमले शनिबार राति १२ बजे देखि लागू हुने गरी पेट्रोलियम पदार्थ पेट्रोल , डिजेल तथा मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको हो ।
यस सँगै पेट्रोलको खुद्रा बिक्री मूल्य १४५ र डिजेल र मट्टितेलको १२८ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।
