६ फाल्गुन २०७८, शुक्रबार   373 पटक हेरिएको


image

पालिका एक्सप्रेस,नेसनल लाइफ इन्सुरेन्स कम्पनीले फागुन २९ गते साधारण सभाको आहवान गरेको छ । सभा नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान १०:३० बजे सुरु हुने जनाएको छ ।

सभामा कम्पनीको  माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस सेयर १९ प्रतिशत र नगद लाभांश १ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

सोहि सभामा  आ.ब २०७६/०७७ को वासलात,आय व्यय हिसाब,नाफा नोक्सान हिसाब, लेखापरिक्षण प्रतिबेदन , लेखापरिक्षक नियुक्ती एबम पारिश्रमिक निर्धारण सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ ।

सभा प्रयोजनका लागि कम्पनीले फागुन २२ गते बुक क्लोज गर्ने भएको छ । त्यसकारण फागुन २१ गते सम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।





सम्बन्धित समाचार