६ फाल्गुन २०७८, शुक्रबार   340 पटक हेरिएको


image

पालिका एक्सप्रेस,आइएमई जनरल इन्स्योरेन्स ले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी संञ्चालक समितिको फागुन ५ गते बसेको ११२ औ बैठकले लाभांश प्रस्ताव गरेको हो ।

कम्पनी संञ्चालक समितिको बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँको ७ प्रतिशतले हुन आउने ७ प्रतिशतका दरले हुने आउने ८ करोड १० लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.३७ प्रतिशतका दरले हुन आउने ४२ लाख ४६ हजार रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश बीमा समितिको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले प्राप्त गर्नेछन् ।





सम्बन्धित समाचार