४ फाल्गुन २०७८, बुधबार   280 पटक हेरिएको


image

पालिका एक्सप्रेस,राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ४ गते आजबाट साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ लाख ५० हजार कित्ताको ८ करोड ५० लाख रूपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो । 

जस मध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि र  ७ लाख ९४ हजार ५ सय कित्ता साधारण सेयर सर्व-साधारणका लागि छुट्याइएको छ ।

यस लघुवित्त  कम्पनीको साधारण शेयरमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १ हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले छिटोमा फागुन ८ गते देखि ढीलामा फागुन १८ गते सम्म आवेदन दिन सक्नेछन् ।यस लघुवित कम्पनीको साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु साथै मेरो शेयर एप तथा पोर्टलबाट पनि आवेदन दिन सकिनेछ ।





सम्बन्धित समाचार