२ फाल्गुन २०७८, सोमबार   326 पटक हेरिएको


image

पालिका एक्सप्रेस,नेशनल हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १ गते बसेको संचालक समितिको बैंठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट चुक्तापुँजी  बोनस सेयर १८.५२५ प्रतिशत र नगद लाभांश ०.९७५ प्रतिशत  (कर प्रयोजनको लागि ) गरी कुल १९.५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

नेशनल हाइड्रोपावरले २०७८ फागुन ३० गते २५ औ बार्षिक साधारण सभाको आहवान गरेको छ । सो बार्षिक साधारण सभा भर्चुअल माध्यमबाट विहान ११ बजे    का.म.न.पा.वडा.१० , विनायकनगर काठमाण्डौंमा सुरु हुने जनाएको छ ।

हाइड्रोपावर कम्पनीले बोनस सेयर वितरण पश्चात कायम हुने चुक्तापूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ ।कम्पनीले सुनकोशी हाइड्रोपावरलाई १:०.२५ को अनुपातमा प्राप्ती गर्ने निर्णया पारित गर्नेछ ।

बार्षिक साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन १३ गते एक दिन बुक क्लोज मिति तय गरेको छ । त्यसकारण फागुन १२ गते सम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारणसभा भाग लिन तथा प्रस्ताबित लाभांश प्राप्त गर्ने छन ।





सम्बन्धित समाचार