२९ माघ २०७८, शनिबार   365 पटक हेरिएको


image

पालिका एक्सप्रेस,इमर्जिङ नेपाल लिमिटेडको साधारण शेयर (आईपीओ) निष्कासनको तेस्रो दिन सम्म ४०.५८ गुणा बढीले आबेदन दिएको छ। 

सीडीएससीका अनुसार शुक्रबार साँझ ५ बजे सम्म यस कम्पनीको आईपीओमा १८ लाख २ हजार १८२ आवेदकबाट कुल २ करोड ९ लाख ६९ हजार १९० कित्ता सेयर माग भएको छ।

जुन मागभन्दा ४०.५८ गुणाले बढी हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख ५५ हजार ६ सय कित्ता शेयरको ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

जसमा चुक्ता पूँजीको २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्यायर बाँकि रहेको ५ लाख १६ हजार ७०८ कित्ता सर्वसाधारण लागि जारि गरेको छ।

ईच्छुक लगानीकर्ताले आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतममा १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सक्नेछन् । 

इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सेवामा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ भने मेरो सेयर पोर्टल र एपबाट पनि आवेदन दिन सकिनेछ।

यस कम्पनीको साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकको लागि एनआईसी एशिया क्यापिटल लिमिटेडले गरेको छ ।





सम्बन्धित समाचार