PalikaExpress
२८ माघ २०७८, शुक्रबार
337 पटक हेरिएको

पालिका एक्सप्रेस, बीपीडब्ल्यू लघु वित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ।
यस लघुबित्त संस्थाले १०० रुपैया अंकित दरका ९७ हजार कित्ता साधारण शेयर (आईपीओ)को ९७ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनको तयारी गरेको छ।
यस बीपीडब्ल्यू लघुबित्त संस्थाले (आईपीओ) साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।
यस लघुबित्त कम्पनीको शेयर निष्कासन सम्बन्धी सम्झौता पत्रमा लघुवित्त संस्थाका तर्फबाट निर्देशक सविन प्रधानाङ्ग र मेगा क्यापिटलका चिफ इन्भेस्टमेन्ट अफिसर सुलभ श्रेष्ठले हस्ताक्षर गरेका छन्।