२७ माघ २०७८, बिहीबार   399 पटक हेरिएको


image

पालिका एक्सप्रेस, बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २७ गते आज देखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि आइपिओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीले १८ लाख २७ हजार ९७० कित्ता सेयर मध्ये उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई  निष्कासन गर्दा यस कम्पनीको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बमोजिम सिन्धुपाल्चोक जिल्लाको प्रभावित क्षेत्रमा कमशः जुगल गाउँपालिका वडा नं. २,३ र ४ (साविकको गोल्चे गा.वि.स., गुम्बा गा.वि.स. र पाङताङ गा.वि.स.) का लागि ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता र गाउँपालिकाको वडा न. ५ र ७, बलेफी गाउँपालिकाको बडागातवा र सुनकोशी गाउँपालिकाको बडा नं. ७ का लागि ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता शेयर निष्कासन गरिनेछ ।

साधारण शेयर (आईपीओ)मा स्थानियले न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।यस कम्पनीको साधारण शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट यहि माघ ९ गते अनुमति दिएको थियो  ।

इच्छुक लगानीकर्ताले साधारण शेयरमा छिटोमा फागुन १२ गते र ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।  उक्त साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गर्नेछ । 

लगानीकर्ताहरुले यस साधारण शेयरमा कुमारी बैक जलबिरे शाखा, एनसीसी बैंक बोडे शाखा, ग्लोबल आईएमई बैंक चौतारा शाखा, लक्ष्मी बैंक चौतारा शाखा र लक्ष्मी बैंक खाडिचौर शाखाबाट  कार्यालयबाट आवेदन दिन सक्नेछन्।





सम्बन्धित समाचार