१८ कार्तिक २०७७, मंगलवार   419 पटक हेरिएको


image

माउन्टेन इनर्जी नेपालले मिति २०७७/०७/२६ गते देखि साधारण सेयर निस्कासन गर्ने भएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि भने यस अघि नै शेयर निष्काशन तथा बिक्री खुला गरिसकेको छ।

आइपीओमा न्युनतम १० कित्तादेखि आवेदन दिन सकिनेछ। कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गर्न लागेको हो।
उक्त कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो।

कम्पनीले जारी पूँजीको २० प्रतिशत आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। कम्पनीले ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको हो। सो मध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १९ लाख ६८ हजार २७ कित्ता जारी गरेको थियो।
उक्त कम्पनीको शयरमा आवेदन दिने पाउने समय भने छिटोमा मिति २०७७/०८/०२ गते सम्म हुने कम्पनीले जनाएको छ।

कम्पनीको आइपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउछ। आइपीओमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेका छन्।





सम्बन्धित समाचार