२६ माघ २०७८, बुधबार   306 पटक हेरिएको


image

पालिका एक्सप्रेस, इमर्जिङ नेपाल लिमिटेडले माघ २६ गते आज देखि सर्व-साधारणहरुका लागि साधारण शेयर(आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख ५५ हजार ६ सय कित्ता शेयरको ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको हो ।

जसमा चुक्ता पूँजीको २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्यायर बाँकि रहेको ५ लाख १६ हजार ७०८ कित्ता सर्वसाधारण लागि जारि गर्ने लागेको हो ।

ईच्छुक लगानीकर्ताले आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतममा १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।लगानीकर्ताले आईपीओमा छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सक्नेछन् । 

यस कम्पनीको साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकको लागि एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्ने भएको छ ।





सम्बन्धित समाचार