२५ माघ २०७८, मंगलवार   224 पटक हेरिएको


image

पालिका एक्सप्रेस, समृद्धि फाइनान्सले फागुन ८ गते देखि  हकप्रद सेयर निष्कासन गर्ने भएको छ । फाइनान्स कम्पनीले २:१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरले २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयरको २७ करोड २९ लाख ७० हजार ५०० रुपैयाँ बराबरको निष्कासन गर्न लागेको हो ।

हकप्रद सेयर निष्कासन गर्नका लागि समृद्धिले पुस ११ गते बुक क्लोज गरिसकेको छ । यस अनुसार पुस १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका  शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

यस हकप्रद सेयरमा बिक्री प्रबन्धक बीओके क्यापिटल रहेको छ । आवेदकले बीओके क्यापिटल नारायणचौर नक्साल ,समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय हेटौंडा , सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर पोर्टल तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। यसमा फागुन २९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।





सम्बन्धित समाचार