
पालिका एक्सप्रेस, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २१ गते देखि जारी गरेको आईपीओमा आवेदन दिने आज माघ २५ गते अन्तिम दिन रहेको छ।
यस जाल्पा सामुदायिक लघुवित्तले १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ताको ५ करोड २२ लाख रुपैयाँ बराबरको आईपीओ जारी गरेको थियो।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार बेलुका सम्ममा २२ लाख १४ हजार ९१९ जना आवेदकबाट २ अर्ब ७२ करोड ५७ लाख ७ हजार रुपैयाँ बराबरको २ करोड ७२ लाख ५७ हजार ७० कित्ता शेयरको लागि आवेदन परेको छ।
यो सर्वसाधारणलाई छुट्टाएको ४ लाख ८७ हजार ९०० कित्ताको ५५.८७ गुणाले बढी हुन् जान्छ ।लघुवित्तले निष्काशन गरेको कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ।
बाँकी ४ लाख ८७ हजार ९०० कित्ता शेयरका लागि सर्बसाधारणले आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ५२२० कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर पोर्टल तथा एप बाट पनि आवेदन दिन सक्नेछन्।