१८ कार्तिक २०७७, मंगलवार   118 पटक हेरिएको


image

मेष 

 विदेस यात्राको लागि अनकुल समय रहेको छ । आजको दिन भोगबिलास मै बित्नेछ  ।धन तथा पुत्रको लाभ होला । मनमा उत्साह बढ्नेछ, ।नसोचेको स्थानबाट लाभ हुनेछ । पुत्र तथा पत्नीको साथ सहयोग प्राप्त होला।

वृष 

आफ्नो अधिकारको लागि लड्नुपर्ने छ । काम र व्यापार व्यवसायबाट फाइदा उठाउन सकिनेछ । शत्रुहरू पराजित हुनेछन । शरीरमा बाधा नपुग्ला भन्न सकिन्न ।

 मिथुन 

काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।

 कर्कट 

पार्टी पिकनिक तथा सेमिनारमा सहभागीता भइएला । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । व्यापार व्यवसायमा वृद्धि र आम्दानीका स्रोतपनि बढ्नेछन् ।

 सिंह 

सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। आफ्नो खुसी जीवनको खातिर आफ्नो जिद्दी मनोवृत्ति हटाउनुहोस् किनकि यो मात्रै समयको बर्बादी हो। परिवारका सदस्यहरूसँग केही तनाउमुक्त समय बिताउनुहोस्। गलत सञ्चार वा सन्देशले तपाईंलाई आज नीरस बनाउन सक्छ। तपाईंले आफ्नो काममा ध्यान राख्नुभयो भने सफलता र पहिचान तपाइँको हुनेछ।

 कन्या 

आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मसञ्चय गर्ने समय छ। सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ। मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ। धर्म कर्म मा समय जानेछ ।

 तुला 

बिपरित लिङ्गी प्रतिको आकर्षणले तनाव उत्पन्न होला, आफू कमजोर भएको अनुभव होला, आजको दिन सहयोग गर्ने भन्दा आश गर्ने हरु धेरै होलान्, दक्षिण तिरको यात्रा गर्दा सावधानी अपनाउनु होला।

 वृश्चिक 

सोचेको आटेको काममा सफलता मिल्नेछ । आम्दानीका श्रोतहरु फेला पर्नेछन । साथीभाईसंगको सम्बन्धमा सुधार आउनेछ ।

 धनु 

ब्यापार ब्यबसायबाट राम्रो लाभ मिल्ने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सफल गर्ने मौका छ ।

 मकर 

अरूलाई प्रभावित पारेर काम बन्नेछ । नयाँ कार्यको योजना बन्नेछ । सहयोगी हातहरू अघि बढ्ने र मित्र सुख मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

 कुम्भ 

अरूलाई प्रभावित पारेर काम बन्नेछ । नयाँ कार्यको योजना बन्नेछ । सहयोगी हातहरू अघि बढ्ने र मित्र सुख मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

 मीन 

साथीभाईको  सहयोग साथ दिनेछन्। काममा मिहिनेतको फल प्राप्त हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। रोकिएका काम पुनः प्रारम्भ गर्न सकिनेछ।





सम्बन्धित समाचार