२३ माघ २०७८, आईतवार   223 पटक हेरिएको


image

पालिका एक्सप्रेस ,ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले फागुन २ गतेदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि (IPO) साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीको पहिलो चरणमा जारी पूँजीको १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । 

कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात खिजिदेम्बा गाउँपालिका-१ (साविक रगनी गा.वि.स.), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका-२ (साविक रगनी गा.वि.स.), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका-३ (साविक खिजीचण्डेश्वरी गा.बि.स.), ओखलढुङ्गा, लिखु गाउँपालिका-९ (साविक पोकली गा.वि.स.), ओखलढुङ्गा, लिख तामाकोशी गाउँपालिका-१ (साविक दरागाउँ गा.वि.स.), रामेछाप, लिख तामाकोशी गाउँपालिका-२ (साविक सपु गा.वि.स.), रामेछाप र उमाकुण्ड गाउँपालिका-७ (साबिक भुजि गा.वि.स.) रामेछाप जिल्लाका बासिन्दाहरुका लागि निष्कासन गरेको हो ।

यस कम्पनीको साधारण शेयरमा न्यूनतम १० कित्ता देखि अधिकतममा ५० हजार कित्ता सम्मको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटोमा फागुन १६ गते र ढिलोमा चैत्र १ गतेसम्म आवेदन दिन सक्नेछन् । 

यस कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । स्थानीय  लगानीकर्ताहरुले यस आईपीओमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नयाँ बानेश्वर काठमाण्डौं, ग्रीन भेन्चर्स लिमिटेड, काठमाडौं, लक्ष्मी बैंक लिमिटेड, मन्थली, रामेछाप, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, धोबिबजार, लिखु, रामेछाप, मेगा बैंक लिमिटेड, खिजिदेम्बा, ओखलढुङ्गा, मेगा बैंक लिमिटेड, मन्थली, रामेछापबाट आवेदन दिन सक्नेछन् ।





सम्बन्धित समाचार