१७ कार्तिक २०७७, सोमबार   166 पटक हेरिएको


image

 तिहार अघि ६ वटा यो निम्न  कम्पनीले साधारणसभा बोलाएका छन् । जस मध्य सिद्धार्थ क्यापिटल लिमिटेड, सानिमा क्यापिटल लिमिटेड, शिवम् सिमेन्ट लिमिटेड, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड र सानिमा बैंकले अघिल्लो वर्षको मुनाफबाट प्रस्तावित लाभांश सहितको एजेण्डाहरु पारित गर्ने साधारणसभा बोलाएका हुन् । 

बैंक तथा कम्पनीको प्रस्तावित लाभांश

सिद्धार्थ क्यापिटल 

सिद्धार्थ क्यापिटलले ९ औं  वार्षिक साधारणसभा कातिक २१ गते ठिक ३ बजे क्यापिलको कार्यालयमा बोलाएको छ । सो साधारणसभाले  २५ प्रतिशत नगद लाभांश (कर सहित) को लाभांश पारित पारित गर्नेछ । 

सानिमा क्यापिटल

सानिमा क्यापिटलले कातिक २१ गते  ठिक २ बजे पाँचौ वार्षिक साधारणसभा कम्पनीको रजिष्टर्ड कार्यालय, पुतली सडक, काठमाडौंमा बोलाएको छ । सो सभाले  ८ दशमलव ५ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

शिवम् सिमेन्ट लिमिटेड 

शिवम् सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारणसभा कातिक २४ गते  विहान ११ बजे कम्पनीको कर्पोरेट कार्यालय, अनामनगरको सभाहल, काठमाडौंमा बोलाएको छ । सभाले २४. २१ प्रतिशत नगद लाभांश दिने प्रस्ताब  पारित गर्ने छ । 

ज्योति लाइफ इन्स्योरेन्स  

यस कम्पनीले तेस्रो वार्षिक साधारणसभा कार्तिक २६ गते  विहान ११ : ३० बजे कम्पनीको कर्पोरेट कार्यालय, ज्ञानेश्वर, काठमाडौंमा साधारणसभा बोलाएको छ । साधारणसभाले आइपिओ जारी गर्ने  प्रस्ताव माथि छलफल गरी पारित गर्नेछ । 

सानिमा बैंक 

सानीमा बैंक लिमिटेडले १६ औं वार्षिक साधारणसभा कातिक २८ गते आम्रपालि व्यांकेट, बालुवाटरा, काठमाडौंमा बोलाएको छ । साधारणसभाले १० प्रतिशत बोनस शेयर र ३.६० प्रतिशत नगद लाभांस लगायतको  पारित गर्ने छ ।  

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले पाचौ वार्षिक साधारण सभा आह्वान गरेको छ ।कम्पनीको सभा कार्तिक २७ गते बिहीबार, नेपाल एसबिआई बैंकको  केन्द्रिय कार्यालयको  सभाहल, केशरमहल, काठमाडौँमा  हुनेछ ।यस सभाले आर्थिक वर्ष २०७६/७७ को  लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमोदन गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका बिषयमा  छलफल गरी पारित गर्नेछ।

कम्पनीको नाम बोनस शेयर नगद लाभांश
सिद्धार्थ क्यापिटल  २५
सानिमा क्यापिटल ८.५
शिवम् सिमेन्ट लिमिटेड  २४.२१
ज्योति लाइफ इन्स्योरेन्स   आइपिओ जारी गर्ने
सानिमा बैंक १०३.६
नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडछलफल

लेख रचनाको लागि palikapress@gmail.com मा पठाउन सक्नुहुनेछ ।





सम्बन्धित समाचार