२२ माघ २०७८, शनिबार   272 पटक हेरिएको


image

पालिका एक्सप्रेस, लाईफ इन्स्यारेन्स कर्पोरेशन नेपाल लिमिटेडको प्रस्तावित लाभांश सुरक्षित गर्ने माघ २३ गते आईतबार अन्तिम दिन रहेको छ ।

लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले बार्षिक साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि माघ २४ गते देखि फागुन ११ गतेसम्म बुक क्लोज गरेकाले आइतवार माघ २३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्ने छन् ।

कम्पनीले आ.व २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई बोनस शेयर २० प्रतिशत र नगद लाभांश १.०५३ प्रतिशत (कर प्रयोजनको लागि) गरी कुल २१.०५३ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको हो ।

इन्स्यारेन्स कम्पनीले प्रस्ताव पारितका गर्नका लागि फागुन ११ गते एलआईसी शिक्षालय हल नक्साल काठमाडौंमा बिहान ११:१५ बजे देखि साधारण सभा शुरु हुने जनाएको छ।

सोहि सभाले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको कुल १० प्रतिशत संस्थापक शेयरलाई सर्व-साधारण शेयरमा परिणत गर्ने र सोही अनुसार प्रबन्धपत्र र नियमावलीमा आवश्यक संसोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।





सम्बन्धित समाचार