PalikaExpress
२२ माघ २०७८, शनिबार
182 पटक हेरिएको

पालिका एक्सप्रेस, एशियन लाइफ इन्स्योरेन्स कम्पनीले १३ औं वार्षिक साधारण सभा शुक्रवार कम्पनीको प्रधान कार्यालय मैतिदेवी काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।
लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीलाई बोनस शेयर २५ प्रतिशत र नगद लाभांश २ प्रतिशत गरेर कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
सोहि ,सभाले आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन , आ.व. २०७७/०७८ को लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
कम्पनीले बार्षिक साधारण सभा प्रयोजनको लागि माघ १२ गते बुक क्लोज गरेको थियो । यसकारण माघ ११ गते मंगलवार सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले लाभांश पाएका छन् ।