२१ माघ २०७८, शुक्रबार   200 पटक हेरिएको


image

पालिका एक्सप्रेस,  जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ  २१ गते आज देखी आईपीओ (साधारण शेयर )बिक्रि खुल्ला गरेको छ ।

लघुवित्त संस्थाले ५ लाख २२ हजार कित्ता  प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा  ५ करोड़ २२ लाख रुपैया बराबरको साधारण शेयर  निष्कासन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नेछ ,जसमध्य चुक्ता पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्यायर बाँकि रहेको ४ लाख ८७ हजार ९०० कित्ता सर्वसाधारण लागि हो ।

आईपीओ खुल्ला मित्ति २०७८ माघ २१ गते आजदेखि  खुल्ला हुने छ भने छिटोमा माघ २५ गते सम्म रहने जनाएको छ । यस लघुवित्त संस्थाको साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

ईच्छुक लगानीकर्ताले यस लघुवित कम्पनीको शेयरमा १० कित्ताको लागि आबेदन दिँदा नै उपयुक्त रहने छ किन भने धेरै पछी खुलेको शेयर र शेयर बजार दिनहु जसो नयाँ लगानीकर्ताको आकर्षणले गर्दा प्राप्त गर्नेले पनि गोलाप्रथामा नै भर पर्नुपर्ने हुन्छ ।





सम्बन्धित समाचार