१७ कार्तिक २०७७, सोमबार   27 पटक हेरिएको


image

सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकलले कोरोना भाइरस (कोभिड–१९)का बिरामीलाई उपचारका लागि धरौटी रकम नलिने भएको छ । २०७७-०७-१३ गते अस्पतालले एक बक्तब्य जारी गरी २०७७-०७-१४ गते बाट लागू हुने गरी शैया र धरौटी रकम नै तोकेर सूचना जारी गरेको थियो ।

अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले धरौटी रकम सम्बन्धी पूर्व सूचनालाई स्पष्ट पार्दै कोभिड–१९ का बिरामीलाई उपचार गर्दा बुझाउनुपर्ने धरौटी रकम नलिन शै्यया र काउण्डरमा पत्राचार गरिएको बताउनुभयो ।

अस्पतालले स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको निर्देशनअनुसार नै शुल्क तिर्न सक्ने बिरामीले शुल्क तिर्ने र नसक्ने बिरामीको निःशुल्क उपचार गर्ने नीति लिइएको उल्लेख गरेको छ । यस अघि नै
सरकारले विपन्न, अशक्त, असहाय, असहाय एकल महिला, अति अपाङ्गता, ज्येष्ठ नागरिक, अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीका मात्र निःशुल्क परीक्षण र उपचार खर्च व्यहोर्ने भएको थियो ।

उहाँले अस्पतालमा भर्ना भएका संक्रमितलाई खाना, अस्पतालमा निःशुल्क रुपमा उपलब्ध औषधि तथा प्रयोगशाला र अन्य उपलब्ध परीक्षणहरु निःशुल्क रुपमा व्यवस्था गरिँदै आएको समेत जानकारी दिनुभयो ।

निर्देशक डा. राजभण्डारीले विनाशुल्क कोभिड–१९ का सङ्क्रमितको उपचार नै नगरिने भन्ने बिभिन्न संचार माध्यमबाट दुष्प्रचार र भ्रमपूर्ण समाचार प्रसारित भएको र यस्ता भ्रमपूर्ण समाचार बाट मुक्त हुँदै अस्पतालले उपलब्ध गराएको निःशुल्क रुपमा सङ्क्रमितको उपचार गर्ने समेत बताउनुभयो ।

लेख रचनाको लागि [email protected] मा पठाउन सक्नुहुनेछ ।





सम्बन्धित समाचार