१८ माघ २०७८, मंगलवार   170 पटक हेरिएको


image

पालिका एक्सप्रेस, प्रिमियर इन्सुरेन्स कम्पनीले माघ २१ गते २८ औं वार्षिक साधारण सभाको आहवान गरेको छ । सो सभामा आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाह विवरण माथि छलफल गरी पारित हुनेछ ।

आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा उपर छलफल गरी पारित गर्ने छ ।

कम्पनीको वार्षिक साधारण सभा माघ २१ गते शुक्रबार प्रिमियर भवन नक्साल काठमाडौँमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुने जनाएको छ ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यस प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि ५ माघ देखि २१ गते सम्म बुक क्लोज गर्ने जनाएको थियो ।

जसअनुसार ४ माघ गते सम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै लाभांश प्राप्त गर्न र बार्षिक साधारण सभामा सहभागि हुन सक्नेछन ।

यस इन्स्योरेन्स कम्पनीले यस अघि नै गत आ.व.को नाफाबाट बोनस शेयर ७.५ प्रतिशत र नगद लाभांश ७.५ प्रतिशत वितरणको घोषणा गरेको थियो ।





सम्बन्धित समाचार