१८ माघ २०७८, मंगलवार   341 पटक हेरिएको


image

पालिका एक्सप्रेस, ट्रेड टावर लिमिटेडले सर्व-साधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले १०० अंकित दरका कुल ११ लाख ५८ हजार ९८० कित्ता आईपीओ जारी गर्ने भएको छ। 

कम्पनीले जारी पुँजी ४६ करोड ५० लाख रुपैयाँको २४.९ प्रतिशतले हुन आउने रकम बराबरको आईपीओ निष्कासन गर्ने भएको हो।यसैबीच कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ।

यस कम्पनीको शेयर जारि गर्ने सम्बन्धमा भएको समझदारीपत्रमा ट्रेड टावरका कार्यकारी अध्यक्ष शिवहरि दंगाल र लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका छन्। 





सम्बन्धित समाचार