१७ माघ २०७८, सोमबार   240 पटक हेरिएको


image

पालिका एक्सप्रेस, एभरेष्ट बैंक लिमिटेडले गत माघ ३ गते सोमबारबाट ८ वर्ष अवधिको ८.५ प्रतिशत व्याजदर भएको ‘८ बर्ष ,८.५ प्रतिशत,”एभरेष्ट  बैंक लिमिटेड ऋणपत्र ,२०८६ ” नाममा निष्कासित ऋणपत्र पर्याप्त आबेदन नपरेकोले आबेदन दिने माघ १७ गते आज अन्तिम दिन रहेको छ ।

बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा २० लाख कित्ता २ अर्ब बराबरको ऋणपत्र निष्कासन गरेको थियो । निष्कासन गरिने कुल २० लाख कित्ता ऋणपत्र मध्ये बैंकले व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १२ लाख कित्ता र सर्व-साधारणका लागि ८ लाख कित्ता  बिक्री गर्नेछ ।

सर्वसाधारणको लागि छुट्याईएको मध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ ।बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ।

ईच्छुक लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतममा १,००,०००  कित्ताका लागि आवेदन दिन सक्नेछन् ।ईच्छुक लगानीकर्ताहरूले एनआईबिएल एस क्यापिटल, एभरेष्ट बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि-आश्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर पोर्टल र एपबाट आवेदन दिन सक्नेछन् ।





सम्बन्धित समाचार