१७ माघ २०७८, सोमबार   235 पटक हेरिएको


image

पालिका एक्सप्रेस, प्राईम लाईफ इन्स्योरेन्स कम्पनीलाई बीमा समितिले जरीवाना लगाएको छ। बीमा समितिले समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका, २०७५ तथा वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन, २०७३ विपरित कार्य गरेका कारण यस इन्स्योरेन्स कम्पनीलाई १०,००० रूपियाँ जरिवाना गर्ने निर्णय बीमा समितिले गरेको हो । 

समितिबाट प्राईम लाईफ इन्स्योरेन्स कम्पनीको स्थलगत निरीक्षण हुँदा सो कम्पनीले सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा १२ उल्लङ्घन गरी तलब भत्ता निर्धारण नै नगरी कर्मचारीका नाममा ठूलो रकम खर्च गरेको, बीमितको हित विपरित नक्कली बीमा लेख जारी हुन गरेको पाइएको बीमा समितिले जनाएको छ ।  

वैदेशिक रोजगार म्यादी जीवनबीमा सम्बन्धी निर्देशन, २०७३ बमोजिम सुरकि्षत, मर्यादित र व्यवस्थितरूपले वैदेशिक रोजगार बीमा नगरेको देखिएकाले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम उक्त कम्पनीलाई जरिवाना गर्ने निर्णय गरिएको बीमा समितिले जनाएको छ ।





सम्बन्धित समाचार